१९ मंसिर २०७८, आईतवार

हिन्दू राष्ट्रको माग गर्दै कमल थापा सडकमा, प्रहरी झडपमा ३५ कार्यकर्ता घाइते

प्रकाशित मिति :  २५ चैत्र २०७५, सोमबार १९:३४


RPP-police

काठमाडौं । सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको माग गर्दै कमल थापाले नेतृत्व गिररहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सडकमा उत्रिएकाे छ । प्रदर्शनमा उत्रिएका राप्रपा कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका कार्यकर्ता र प्रहरीबीच रामशाह पथमा झडप हुँदा ३५ नेता तथा कार्यकर्ता घाइते भएका हुन् । रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा पुगेर कोणसभा गर्ने क्रममा राप्रपाका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

घाईतेहरुको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका अध्यक्ष कमल थापालगायत पार्टीका शीर्ष नेताहरु अस्पताल पुगेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?