fbpx

आईएमई अटोमोटिभ्सको हार्ले डेभिडसन बाइक फेस्ट



नेपालबहस संवाददाता
 



imeautomotives

काठमाडौं । गत शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ ।

नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए । त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयर पार्ट्सको बारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो ।harley davidson  bike

आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शोमार्फत नेपालमा पहिलो पटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय सोरुम रहेको छ ।

हार्ले डेभिडसन मोटर कम्पनीले कस्टम, क्रुजर र टुरिङ मोटरसाइकलहरु उत्पादन गर्छ । यसले सम्पूर्ण रुपमा स्पेयर पार्ट्स, एसेसरिज, राइडिङ गियर र एप्यारेलका साथै मर्चेन्डाइजको पनि व्यवस्था गरेको छ ।

कम्पनीले विश्वभरीका हार्ले डेभिडसन ग्राहकहरुलाई अपनत्व महसुस हुने गरी एकताबद्ध गरेको छ । हार्ले डेभिडसनको बारेमा जानकारी दिनका लागि विभिन्न कार्य समेत गर्दै आएको छ ।


सम्बन्धित समाचार