६ माघ २०७८, बिहीबार
राजनीति

किन गए प्रधानमन्त्रीसहित शीर्ष नेताहरु मध्यरातमा चन्द्रागिरी ?

प्रकाशित मिति :  २९ चैत्र २०७५, शुक्रबार ०६:४२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरु बैठकका लागि चन्द्रागिरी पुगेका छन् ।

बिहीबार अबेरसम्म नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसहित अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेल लगायतका नेताहरु चन्द्रागिरीमा छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार पार्टी एकता लगायतका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेका हुन् । बैठकमा पार्टीभित्र देखिएको विवादलाई कसरी मिलाएर एकता सम्पन्न गर्ने भन्ने विषयमा छलफल केन्द्रीत छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण, चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण लगायतको विषयमा पनि छलफल केन्द्रीत रहेको स्रोतको दाबी छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा