काठमाडौं। नयाँ बर्षको अवसरमा नेपाल टेलिकमले स्किम ल्याएको छ। नव बर्ष २०७६ को अवसर पारेर कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने भएको हो ।
यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ।
प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि बैशाख २ सम्म खरिद गर्न सकिने छ।