पूर्ववडाध्यक्ष शर्मा ५ दिनदेखि बेपत्ता
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १२:५४:२३
गलकोट । बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् ।
शर्मा चैत २८ गते बिहान ७ बजेदेखि परिवारको सम्पर्क बाहिर रहेका छन् । उनी हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको जानकारी दिएको छ ।
परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताएका छन् । पाँच दिनसम्म परिवारको सम्र्पकमा नआएका कारण सबैलाई खोजी गरिदिन आग्रह गरेको परिवारका आफन्त भोलानाथ आचार्यले बताए । शर्माको खोजी गर्नका लागि स्थानीय दिनभर ढोडेनी तथा कालीगण्डकी किनारमा जाने भए पनि शर्मा फेला पर्न सकेका छैनन् ।
शर्मा साविक बागलुङ नगरपालिका–१० का पूर्ववडाध्यक्ष हुन् । सामाजिक भावना भएका शर्मा बिना कारण बेपत्ता भएको परिवारले जनाएको छ । शर्मालाई बेपत्ता हुँदाको दिन स्थानीयले घरबाट तल ढोडेनी भन्ने ठाउँमा देखेको प्रहरीले जनाएको छ । घरदेखि तल ठूलो भीर र कालीगण्डकी नदी रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार