राजनितिक आड ! लाइसेन्स फेल चिकित्सक विभूषित !

इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १५:२६:८

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र ‘लाइसेन्स’ परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ‘निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ’ मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री ‘चतुर्थ श्रेणी’ पदकबाट विभूषित भएको फेला परेको हो।
मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र ‘लाइसेन्स’ परीक्षा उतीर्ण नगरी डा.लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ।
बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र ‘लाइसेन्स’ परीक्षामा पटकपटक अनुतीर्ण भएपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको। ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा। अंकुर साहले क्षेत्री चिकित्सकको रुपमा काउन्सिलमा दर्ता नभएको बताए। थापाले काउन्सिलको दर्ता प्रमाणपत्र ‘लाइसेन्स’ परीक्षामा दुई वर्षदेखि दिँदै आएको देखिएको तर अहिलेसम्म उतीर्ण नभएको काउन्सिले चिकित्सकको रुपमा मान्यता प्रदान नगरेको उनले स्पष्ट पारे।
थापाको नाम सिफारिस हुँदै बिबादमा आएको बताउँदैे चिकित्सकको रुपमा दर्ता नै नभएको व्यक्तिले चिकित्सकको हैसियतमा पदक पाउँदा आफूहरु पनि आश्चर्यमा परेको डा। साहको भनाइ छ। उनले सिफारिस र छनोट गर्ने निकायले पनि काउन्सिलसँग भेरीफाई नगेरको उनले जनाए।
चिकित्सक हैसियत प्राप्त भइनसकेको व्यक्तिलाई चिकित्सकको हैसियतमा मानपदवी दिनु राष्ट्रिय लज्जाको विषय भएको नेपाल चिकित्सक संघका महासचिव डा। लोचन कार्कीको भनाइ छ। ‘चिकित्कको पेशामा आवद्ध हुन लाइसेन्स अनीवार्य हुनुपर्छ’, डा। कार्कीले भने ‘लाईसेन्स नै नभएको व्यक्तिलाई चिकित्सकको हैसियतमा मानपदवीबाट विभूषित गरिनु आम चिकित्सकहरुको मानमर्दन गर्ने विषय हो।’ यो विषयलाई नेपाल चिकित्सक संघले गम्भीर रुपमा लिने उनको भनाइ छ।
राष्ट्रका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गरिने मानपदवी गृह मन्त्रालयले हचुवाको भरमा छनोट, सिफारिस र वितरण गर्न थालेपछि बिबादित बन्दै गएको जानकारहरुको भनाइ छ। पदक दिने व्यक्तिको पृष्ठभूमि नै नहेरी जथाभावी पदक बाड्ने प्रवृत्ति देखा पर्न थालेकोले राष्ट्रपतिबाट वितरण हुने विभूषण बिबादमा परेको अधिवक्ता केदार कार्कीको भनाइ छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता एवं सहसचिव छविन्द्र पराजुलीले गृह मन्त्रालयले उपलब्ध गराएको घोषित नामावलीको आधारमा विभूषण प्रदान गरिएको बताए। यो गृह मन्त्रालयको काम भएकाले गृह मन्त्रालयमा नै बुझ्दा उपयुक्त हुने उनको भनाइ छ। गृह मन्त्रालय विभूषण शाखाका उपसचिव हरि पन्तले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट घोषित विभूषण मध्ये उक्त मानपदवी प्राप्त गर्ने व्यक्तिको नामावली मात्र आफूहरुले पठाएको जिकरि गरे। उनले रक्षामन्त्री गृहमन्त्री, गृह सचिवसहितको आठ सदस्य विभूषण समितिको सिफारिस आधारमा विभिन्न प्रकृतिका विभूषण प्राप्त गर्ने व्यक्तिहरुको विवरण पठाइएको स्पष्ट पारे। अन्य विषयमा आफूलाई जानकारी नभएको उपसचिव पन्तको भनाइ छ।
विभूषण हुने क्षेत्रीले भने आफूलाई बंगलादेशको कलेजले चिकित्सकको प्रमाणपत्र दिएको दावी गरे। उनले आफू यूवा भएकाले युवा अवस्थामा नै पदक पाउनु राष्ट्रको लागि पनि गर्वको विषय भएको उनको तर्क छ। उनले आफू मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा अनुतीर्ण भएको स्वीकार गर्दै उनले सरकारले आफूलाई पत्याएको जिकिर गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विभूषण सु्सोभन समारोहकोबीच क्षेत्रीसहित ३ सय ४३ जनलाई विभिन्न मानपदवी प्रदान गरेकी थिईन।
तीमध्ये एक जनाले नेपाल रत्न,४ जनाले महाउज्ज्वल राष्ट्रदीप, १ जनाले सुप्रसिद्ध जनसेवा श्री, ३ जनाले उज्ज्वल कीर्तिमान राष्ट्रदीप, ३ जनाले सुकीर्तिमय राष्ट्रदीप, ९६ जनाले सुप्रवल जनसेवा श्री पाएका थिए। त्यस्तै एक जनाले कीर्तिमय राष्ट्रदीप, एक सय ६१ जनाले प्रवल जनसेवा श्री, ७४ जनाले जनसेवा श्री गरी ३ सय ४३ जनालाई मानपदवीबाट विभूषित गरिएको हो। त्यसैगरी अलंकार ८७ जनाले र पदक ८७ जनाले गरी जम्मा ५ सय १७ जनालाई विभूषण प्रदान गरिएको थियो। नागरिक दैनिकबाट ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
उच्च अदालत पाटनले धराैटीमा छाड्न आदेश दिएका चारजनालाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
मंसिर १८, २०८० सोमबार
स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
नेकपा एसको सचिवालय बैठक आज पनि, महाधिवेशनको मिति तय गरिने
मंसिर १९, २०८० मंगलबार
ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ? ’
मंसिर १९, २०८० मंगलबार
आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढ्यो
मंसिर १९, २०८० मंगलबार
गाजा इजरायल युद्धमा ६३ पत्रकार मारिए : सिपिजे
मंसिर १९, २०८० मंगलबार
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
मंसिर १९, २०८० मंगलबार
आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु
मंसिर १९, २०८० मंगलबार