fbpx

कुमारी बैंकको डेबिट–क्रेडिट कार्डबाट ब्लुक्रस हस्पिटलमा विशेष छुट



नेपालबहस संवाददाता
 



कुमारी बैंक

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरिय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ब्लु क्रस हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्यसचिव रजतकृष्ण श्रेष्ठको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार ब्लु क्रस हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दाे आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक लिमिटेडका ग्राहकहरुले डेबिट-क्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटलसहित नेपालका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८८ शाखा सञ्जाल, ८३ एटीएम तथा २ एक्सटेन्शन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।


सम्बन्धित समाचार