२२ मंसिर २०७८, बुधबार
खोज / विशेष

आईपीएल क्रिकेटमा सन्दीपको टिम दिल्लीद्वारा पन्जाब पराजित

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार ०५:३९


एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलेलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए ।यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए । पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए ।

पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २र२ विकेट लिए । जितसंगै सन्दीपको टिम दिल्लीले लिगमा छैटौं जित हात पारेको छ ।

दिल्लीले १० खेलमा ६ जितसहित १२ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ । चौंथो स्थानको पन्जाबले १० खेलबाट १० नै अंक जोडेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा