१९ मंसिर २०७८, आईतवार

रोनाल्डो युरोपको मुख्य ३ लिगको उपाधि जित्ने एक्लो खेलाडी

फुटबलमा नयाँ इतिहास ...

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार ०६:०३


एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युरोपियन क्लब फुटबलमा नयाँ इतिहास रचेका छन् । इटालियन क्लब युभेन्ट्सका रोनाल्डोले युरोपका मुख्य शीर्ष ३ लिगको उपाधि जितेर नयाँ इतिहास रचेका हुन् ।

युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ को उपाधि उचाल्दै रोनाल्डो तीन ठुला लिग प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ को उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् ।

शनिबार फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार आठौं पटक लिगको उपाधि जितेको थियो । रोनाल्डोले यसअघि म्यानचेस्टर युनाईटेडबाट इन्ग्लिश प्रिमियर लिग र रियल मड्रिडबाट स्पेनिस ला लिगाको उपाधि जितेका थिए ।

यसै सिजन युभेन्ट्स आएका रोनाल्डोले आएकै सिजन सिरी ‘ए’ को उपाधि जितेका हुन् । र, रोनाल्डोको यो इटालीमा पहिलो उपाधि समेत हो । रोनाल्डो बाहेक अहिलेसम्म अन्य कुनै पनि खेलाडीले इंग्ल्यान्ड, स्पेन र इटालीको लिगको उपाधि जित्न सकेका छैनन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा