२२ मंसिर २०७८, बुधबार

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा उडान थप्यो

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार १८:५९


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ ।

भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ देखि काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ ।

उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थपिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाडौँ–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।

निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान भर्दै आएको छ भने अन्य आठ मुलुकमा पनि अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएको छ । केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी निगमले गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा