१३ माघ २०७८, बिहीबार

विमानस्थलबाट सुनको बालासहित दुई बिदेशी नागरिक पक्राउ

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार १९:१२


काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङ एरियाबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्र भियनतामी भो थी मोइ र कमबोडिन थेब्बी यू पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ८५ लाख २७ हजार सात सय ६१ रुपैयाँ मूल्य बराबरको सुनको १० वटा वाला र एउटा लकेट बरामद गरेको छ ।

उनीहरु आइतबार थाई एयरवेजको फ्लाइट नम्बर टीजी ५८५ को उडानबाट विमानस्थल उत्रिएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा