२२ मंसिर २०७८, बुधबार

भ्लादिमीर पुटीनलाई भेट्न किम जोङ रुस प्रस्थान

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १५:२४


एजेन्सी: उत्तर कोरियाली नेता किम जोङ उन रुसी समकक्षी भ्लादिमीर पुटीनसँगको भेटवार्ताका लागि मस्को प्रस्थान गरेका छन् ।

नेता किम, निजी रेल मार्फत रुस भ्रमणमा निस्केका हुन् । रुसी राष्ट्रपति पुटीनसँग नेता किमको पहिलो पटक औपचारिक भेट हुन लागेको हो ।

दुई नेताबीच रुसको भ्लादीभोस्तोभ शहरमा भेटवार्ता हुने भएपनि समय तय भैसकेको छैन । भेटवार्ता कोरियाली प्रायद्विपको आणविक समस्यामा केन्द्रित हुने रुसले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो शिखरवार्ता असफल भएपछि किम बैकल्पिक सहयोगको अपेक्षा सहित रुस प्रस्थान गरेका हुन् । कोरियाली प्रायद्विपको समस्या समाधानका लागि सकारात्मक कदम चाल्न सक्दो सहयोग गर्ने प्रतिबद्धता रुसले जनाउदै आएको छ


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा