२२ मंसिर २०७८, बुधबार
सडक/यातायात

यसरी रातरात कालोपत्रे हुँदै छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [फोटो फिचर]

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १८:१७


काठमाडौं । मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत गर्ने काम तिव्र रुपमा भइरहेको छ । विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालन गरिँदै आएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्ने काम चैत १८ गतेदेखि भइरहेको हो ।

अहिले रातको समय पारेर धमाधम विमानस्थल कालपत्रे गर्ने काम भइरहेको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको बिमानस्थलले जनाएको छ ।

झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे हुनेछ । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ ।

चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रनवेको स्तरोन्नति काम गर्दैछ । स्तरोन्नतिको काम पछि धाँजा फाट्ने समस्यालाई हट्ने दावी प्राधिरकणको छ । योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइने बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले रातभरी काम गरेर बिहान नियमित उडानका लागी रनवे तयार राख्ने काम चूनौतिपूर्ण रहेको बताउनुभयो । उहाले तोकिएको समय नै धावनमार्गको मर्मत कार्य सम्पन्न हुने दाबी गरे ।

त्यस्तै नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तराष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलले बढीमा ९० दिनभित्र काम सकिने लक्ष्य अनुसार काम भईरहेको जानकारी दिए । स्तरोन्नतिको काम पछि धाँजा फाट्ने समस्या हट्ने उनले बताए ।

प्राधिरकणको योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइनेछ । धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्रे) जिरो टु बाट सुरु भएको छ । विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तराष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन ।विमानस्थलमा अहिले एक सय भन्दा बढि अन्तराष्ट्रिय सहित सरदर चारसय उडान हुदै आएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा