२२ मंसिर २०७८, बुधबार

समृद्ध नेपाल अभियान सफल पार्न उत्पादनमा जोड : मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १९:४०


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

रुपा गाउँपालिकास्थित बेगनासताल भोर्लेटार मोटरबाटोको आज कास्की र लमजुङ जिल्लाको सिमानस्थित पिप्लेमा शिलान्यास गर्दै उनले जग्गा बाँझो राखेर खाद्यान्न एवं तरकारी किनेर खाने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सडक निर्माणले ग्रामीण क्षेत्रमा उत्पादन भएको वस्तु बिक्री गर्नका लागि उपयोग गरिनुपर्नेमा जोड दिँदै उनले विकास निर्माण र समृद्धिका लागि सबै सङ्गठित भएर लाग्नुको विकल्प नभएको विचार व्यक्त गरे ।

गण्डकी प्रदेशको नमूना वेगनासताल भोर्लेटार मोटरबाटोको बुधबार कास्की र लमजुङ जिल्लाको सिमाना रुपा गाउँपालिकाको पिप्लेमा शिलान्यास गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

तोकिएको समय र गुणस्तरीय निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरिने मुख्यमन्त्री गुरुङ्गले त्यस्ता कम्पनीलाई आगामी दिनमा कुनै पनि विकास निर्माणको बोलपत्र प्रक्रियामा समावेश नगरिने तयारी भइरहेको जानकारी दिए ।

सांसद खगराज अधिकारीले बाटो निर्माणसँगै यस क्षेत्रको उत्पादन बजारीकरणमा सहयोग पुग्ने बताउँदै विकास निर्माणमा जनप्रतिनिधि र स्थानीय जनाताको सक्रिय सहभागिताको आवश्यकता औल्याए।

गण्डकी प्रदेशको नमूना सडक बेगनासताल भोर्लेटार मोटरबाटोको बुधबार कास्की र लमजुङ जिल्लाको सिमानास्थित रुपा गाउँपालिका– ७ पिप्लेमा आयोजित शिलान्यास समारोहमा बोल्दै पूर्वमन्त्री एवं संघीय सांसद खगराज अधिकारी ।

प्रदेशका भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले एक घर एक धारा, कुहेका काठका पोल हटाएर स्टील पोल राख्ने अभियान सञ्चालन गरेको बताए । प्रदेशसभा सदस्य दीपक कोइरालले प्रदेशको गौरवको योजनामध्येको उक्त बाटो निर्माणसँगै कास्की, लमजुङ, तनहुँ र गोरखा जिल्लाका जनतालाई सुविधा पुग्ने विश्वास व्यक्त गरे।

कूल साढे ११ किलोमिटर लम्बाइ, नालासहित साढे १० मिटर चौडाइको ९डिबिएसटी० प्रविधिबाट साढे दुई वर्षको अवधिमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सो बाटोको कूल लागत रु २६ करोड ८६ लाख ९९ हजार ५५३ रहेको कार्यक्रममा जानकारी दिए ।

गण्डकी प्रदेशको नमूना सडक बेगनासताल भोर्लेटार मोटरवाटोको बुधबार शिलान्यास समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेतलगायत ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, निर्माण व्यवसायी सञ्जय हिराचन लगायतले सडक निर्माण विकासको पहिलो पूर्वाधार भएको विचार व्यक्त गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा