१६ मंसिर २०७८, बिहीबार

प्रधानमन्त्री ओलीद्धारा भूकम्पपछिको पुनःनिर्माणबारे जानकारी [फोटो फिचर]

क्षतिग्रस्त सम्पदाको निर्माणमा ढिलाई नगर्न आग्रह

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार २०:३८


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूकम्पले क्षतिग्रस्त सम्पदाको निर्माणमा ढिलाई नगर्न आग्रह गरेका छन् ।

काठमाडौ महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको बिनासकारी भूकम्पको चौथो स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने भन्दै सम्पदाको निर्माणमा ढिलाई नगर्न आग्रह गरेका हुन् ।

काठमाडौ लगाएत मुलुकका सम्पदाको निर्माणको काम भइरहेको भन्दै अनुचित विवादमा अल्झन नहुने पनि उनले बताए । उनले सम्पदा पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाएको भन्दै अबको २० महिनाभित्र पूर्णतामा पुर्याउने दाबी गरे ।

उनले केहि स्थानको सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको भन्दै बाँकी काम पनि छिटो सकिने धारणा राखे । प्रधानमन्त्री ओलीले ऐतिहासिकतालाई तोडमोड नगरी सम्पदाको निर्माण गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा काठमाडौ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले केहि स्थानको सम्पदा निर्माणमा अवरोध भइरहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । काठमाडौ महानगर रहेको बागदरवारको निर्माण कार्य अघि बढाउन नदिदा कार्यसम्पादनमा नै समस्या परेको उनले बताए ।

कार्यक्रमपछि प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरे । प्रधानमन्त्रीलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले ब्रिफिङ गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीले सोही क्षेत्रमा रहेको पुननिर्माण हुँदै गरेको काष्ठमण्डपको पनि अवलोकन गरेका छन् ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा