१३ माघ २०७८, बिहीबार
समाज

देशभर शुक्रबार मौसम पूर्णरुपमा नखुल्ने, केही ठाउँमा पानी पर्ने सम्भावना !

आइतबारदेखि मौसम सुधार

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार ०९:२१


काठमाडौं । मौसम विभागका अनुसार आज शुक्रबार पनि मौसम पूर्णरुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको पश्चिम बंगालतिर बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले पूर्वसहित मध्य र पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

आज मौसम बदली हुने भएपनि ठूलो पानी भने नपर्ने अनुमान गरिएको छ । यो प्रणाली कमजोर हुने भएकाले शुक्रबार र शनिबार मौसम नखुलेपनि आइतबारदेखि भने पूर्वसहित मध्य र पश्चिमको पहाडी भूभागको मौसममा सुधार आउने देखिएको छ ।

यसैबीच यसवर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको सोमबार र मंगलबार काठमाडौंमा भएको चौधौँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको अध्ययनले प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औषतभन्दा कम पानी पर्ने र अरु ठाउँमा औसत पानी पर्ने आँकलन गरेको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा