२२ मंसिर २०७८, बुधबार

आजदेखि ‘बेल्ट एण्ड रोड’ को दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार १२:२०


काठमाडौं । बहुचर्चित चिनियाँ नीति ‘बेल्ट एण्ड रोड फोरम’ ‘बिआरएफ’ को दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त योगदान, साझा लाभ लिनुपर्नेमा जोड दिएका छन् । उच्च स्तर, दिगो विकासमा सहयोग पुग्ने भन्दै अन्य राष्ट्रलाई पनि बिआरआईमा सामेल हुन राष्ट्रपति सिले खुला आह्वान गरे ।

यता, सोही सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी समेत चीनमा छिन् । सम्मेलनकै क्रममा नेपाल सरकारले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने तयारी समेत अघि बढाएको छ ।

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स ‘बीआरआई’ सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ । जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन् ।

यस्तै, चिनियाँ राष्ट्रपति सी जिन पिङले ३७ देशका राष्ट्र तथा सरकार प्रमुखबीच राउन्ड टेबल बैठकमा समेत राष्ट्रपति भण्डारीले सहभागिता जनाउने बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा