११ मंसिर २०७८, शनिबार

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको च्याम्पियन

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार ०६:५३


एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २६ औ लिग उपाधि उचालेको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका उनले ६२ औ मिनेटमा गोल गरेका थिए ।

सोही गोल बार्सिलोनालाई तीन खेल अगावै लिग जिताउन पर्याप्त बन्यो । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्यो । उसले तीन खेल अगाडीनै दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ९ अंकको अग्रता लियो ।

एट्लेटिकोले समेत गए राति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको थियो । बार्सिलोनाले आगामी बुधबार च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा लिभरपुलसंग प्रतिस्पर्धा गर्दैछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा