पदयात्री बढेपछि उत्साह थपिँदै
इन्द्र रिजाल
बैशाख १५, २०७६ आइतबार २१:३२:५६
पोखरा । गत फागुन चैत महीनामा पटक÷पटक गरी परेको हिमपातका कारण अन्नपूर्ण चक्रीय पदमार्ग र आसपासका क्षेत्रमा प्रभावित पदयात्रा पर्यटनमा केही दिन यता पर्यटक बढ्न थालेसँगै उत्साह थपिएको छ ।
गत फागुन १३ गते अन्नपूर्ण आधार शिविर ‘एबिसी’मा आएको हिमआँधीका साथै त्यसयता विभिन्न समयमा परेको हिमपातले ठाउँठाउँमा पदमार्ग बिग्रे भत्केपछि समस्या आएकोमा तिनीहरूको पुनःनिर्माणपछि पुनः यस क्षेत्रमा पर्यटकको आगमन बढेको हो ।
अन्नपूर्ण चक्रीय पदमार्गका साथै अधिकांश पर्यटक अन्नपूर्ण आधार शिविरसम्म पुगेर फर्कने गर्दछन् । अन्नपूर्ण आधार शिविरमा अकल्पनीयरूपमा आएको हिमआँधीका कारण यहाँस्थित होटलका छाना नै उडाएपछि पर्यटकलाई असुविधा भएको थियो । पर्यटकको असुविधालाई ध्यानमा राख्दै त्यहाँका व्यवसायीले पुनःनिर्माण कार्यलाई तीव्रता दिएको स्थानीय समाजेसवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताए।
अघिल्ला वर्षका तुलनामा यसवर्ष अत्यधिक हिमपातका कारण पदयात्रा पर्यटनलाई असर पु¥याए पनि पछिल्ला दिनमा भने यस क्षेत्रमा जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको उनले बताए। हिमपातकै कारण अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतको थोराङपास झण्डै डेढ महीना अवरुद्ध भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’को पहलमा उक्त अवरोध खुलाइएको थियो ।
मुख्यतः पदयात्राकोे दोस्रो याम फेब्रुअरी, मार्च, अप्रिल, मे हो तर, यस यामको प्रारम्भ सन्तोषजनक नभए पनि अन्तिमतिर आएर राम्रो हुने देखिएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल ‘टान’ पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए ।
केही दिनयताको पर्यटक आगमनले आफूहरूलाई उत्साहित बनाएको बताउँदै उनले पछिल्लो एक महीना उत्साहजनक बन्ने विश्वास व्यक्त गरे । पछिल्ला दिन सार्क राष्ट्रसहित अन्य विदेशी राष्ट्रका पर्यटक आउने क्रम बढिरहेको उनले जानकारी दिए।
उनका अनुसार यस क्षेत्रमा आउने पर्यटकमध्ये भारतीय पर्यटक धार्मिक उद्देश्यका साथ मुक्तिनाथसम्मको दर्शनका लागि आउने गर्दछन् भने अन्य विदेशी पर्यटक अन्नपूर्ण चक्रीय पदमार्गसहितका अन्य पदमार्गमा आउने गरेका छन् ।
हिमपातले अवरुद्ध अन्नपूर्ण चक्रीय पदमार्ग खुल्नुका साथै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग सुधार गरिएका कारण पर्यटकको सङ्ख्या बढेको उनले बताए। अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत लमजुङ जिल्ला सदरमुकाम बँेसीशहरबाट शुरु भई मनाङको थोराङ्ला भञ्ज्याङ पास गरेर मुस्ताङ हुँदै पदयात्रीहरू पोखरा आउने गर्दछन् ।
पाँच हजार ४१६ मिटर उचाइमा मनाङको थोराङ्ला भञ्ज्याङ पर्दछ । हिमपातका कारण झण्डै डेढ महीना उक्त पदमार्ग क्षेत्र अवरुद्ध भएको थियो । हिमपातले अवरुद्ध पदमार्ग खुलाइएपछि विस्तारै बढ्दै गएको यस क्षेत्रको पदयात्रा पर्यटन पछिल्ला दिनमा उत्साहजनक देखिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप०का कार्यलय प्रमुख राजकुमार गुरुङले जानकारी दिए ।
पदयात्री पयर्टकले अत्यधिक रुचाउने गरेको अन्नपूर्ण आधार शिविरमा पर्यटकको सुविधालाई लक्षित गरी विसं २०३८ मा पहिलोपटक सुविधा सम्पन्न होटल सञ्चालन शुरु गरिएको थियो ।
एबिसीमा मात्रै हाल चार होटेल छन, जसमा झण्डै १०० बढी बस्नसक्ने व्यवस्था छ । पछिल्लो तीन दशकयता एबिसी जाने पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र एबिसीसमेतमा जम्मा २६ होटल सञ्चालनमा रहेका छन् ।
यस क्षेत्रमा पदयात्रामा जाने पर्यटकले उच्च हिमाली दृश्यसहितका रमणीय दृश्य नियाल्छन् नै, यहाँस्थित बुद्धशिला, पुजनीयम बराह र यहाँबाट देखिने १०८ धारासहितका धार्मिकस्थल पनि पर्यटकका लागि दर्शनीयस्थल हुन् ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।
अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेका अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र क्रमिकरूपमा पदयात्राका लागि रोजाइको स्थल बन्दै गएको हो ।
हिमपातले क्षति पारेसँगै पूर्णरूपमै दोस्रो याम निराशाजनक हुने हो कि भन्ने चिन्ता बढिरहेको अवस्थामा यस यामको करीब एक महीना बाँकी रहँदा देखिएको पर्यटकको बढ्दो आगमनले सम्पूर्ण व्यवसायीमा उत्साह थपेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार