८ माघ २०७८, शनिबार

याद गर्नुस, ५० वर्षपछि फेसबुकमा भेटिनेछ यस्तो प्रोफाइल

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार २०:०४


एजेन्सी । सामाजिक सञ्जाल फेसबुकमा मृत मानिसहरुको संख्या तिव्र गतिमा बढि रहेको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयले आफ्नो एक अध्ययनमा भनेको छ, ‘अगामी ५० बर्ष अर्थात २०७० सम्ममा फेसबुकमा जीवित मानिस भन्दा मृत मानिसको ज्यादा प्रोफाइल हुनेछ ।’

विश्वविद्यालयले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको वर्तमान बृद्धिका अनुसार ५० बर्षपछि फेसबुकको वर्तमान २.३ अरब प्रयोगकर्ताहरुमा कम्तिमा १.४ अरब प्रयोगकर्ताको मृत्यु भैसकेको हुनेछ । फेसबुकमा जीवित मानिसभन्दा मृतको संख्या ज्यादा हुने यो पहिलो अबस्था हुनेछ ।’

अध्ययनका सह(लेखक डेविड वोटसनले भने, ‘भविष्यमा फेसबुकले इतिहासकारहरुलाई यस्तो मानिसहरुको प्रोफाइल हेर्ने छुट दिनुपर्नेछ । ताकि उनिहरु इतिहासको बारेमा सही बताउन सकुन् ।

यस्तो प्रोफाइलको पोस्ट इतिहासकारहरुलाई निकै मद्द गर्न सक्नेछ ।’उनले भने, ‘मानव व्यवहारको यसभन्दा राम्रो संग्रह यसअघि थिएन ।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा