१६ मंसिर २०७८, बिहीबार
समाज

हुम्लामा अज्ञात रोगबाट १० को मृत्यु, २०० भन्दा बढी बिरामी !

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १०:२४


हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । सो रोगका कारण हालसम्म २०० भन्दा बढी व्यक्ति बिरामी परेका छन् ।

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको छ । आज मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पवित्रा बोहोरा रहेकी छन्।

रोगका कारण हालसम्म मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ वर्षका वीरदल रिठाल छन् । ५५ वर्षे रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन् ।

सोमबार बिहान निधन भएकी ‍बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मौला स्वास्थ्यचौकीका अहेब जैशीले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता