११ मंसिर २०७८, शनिबार

खुल्यो गुराँस लघुवित्तको साधारण शेयर, १० कित्तामै आवेदन गर्न मिल्ने

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १२:३०


काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार आजदेखि साधारण शेयर ‘आईपिओ’ बिक्रीमा ल्याएको छ ।

कम्पनीले कुल निष्काशित २ लाख ५० हजार कित्ता प्राथमिक शेयरमध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकी २ लाख ३३ हजार ६२५ कित्ताका लागि आम सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

शेयर किन्नका लागि प्रतिशेयर १०० रुपैयाँको दरमा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्तासम्म आवेदन दिन मिल्नेछ । लगानीकर्ताले मेरो शेयर प्रयोगकर्ताले घरबाटै तथा सीआश्वा प्रणालीमार्फत दिन सक्नेछन् ।

जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको यस शेयरमा यही बैशाख २० गतेसम्म आवेदन दिनुपर्नेछ छ । सो अवधिमा आवश्यक माग नपरेमा भने जेठ १४ गते सम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईपिएल एस क्यापिटलले जनाएको छ ।

यस कम्पनीको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ भने १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई २२ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा