१९ मंसिर २०७८, आईतवार

भारतमा लोकसभा अन्तगर्त आज चौथो चरणको मतदान जारी

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १३:२१


भारत । भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज चौथो चरणको मतदान भैरहेको छ । चौथो चरणमा चौध राज्यमा एकहत्तर लोकसभा सिटका लागि मतदान भैरहेको छ ।

आज महाराष्ट्रका सत्र, राजस्थान र उत्तर प्रदेशका १३–१३, पश्चिम बंगालका आठ, मध्य प्रदेश र उडिसाका छ–छ सिटमा चुनाव भइरहेको हो ।

त्यस्तै बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि मतदाताले भोट हालिरहेका छन् । आज पहिलो पटक चुनावी मैदानमा रहेकी अभिनेत्री उर्मिला मातोडकर तथा जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैया कुमारको भाग्यको फैसला हुँदै छ ।

उर्मिला कांग्रेसको टिकटमा उत्तरी मुम्बईबाट र कन्हैया कुमार आफ्नो गृहनगर बेगुसरायबाट भारतीय कम्युनिष्ट पार्टीको उम्मेदवार बनेका छन् । यसअघि तीन चरणमा कुल तीन सय दुई सिटका लागि मतदान भइसकेको छ ।

सात चरणमा भइरहेको यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । ३९ दिन लगाएर हुने निर्वाचनको मतगणना मे २३ हुने कार्यतालिका छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा