fbpx

प्राइम लाईफ इन्स्योरेन्समा चमत्कारिक सुधार, नाफा बढेपछि सबैजना दंग



नेपालबहस संवाददाता
 



प्राइम लाइफ इन्सुरेन्स

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ । इन्सुरेन्सले २०७५ चैत मसान्तसम्म १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ रहेको खुद नाफा गरेको सो इन्स्योरेन्सले अहिले १४.३४ प्रतिशतले बढाउन सफल भएको हो ।

यता, प्राइम लाइफको खुद बिमा शुल्क पनि २८.५३ प्रतिशतले ले बढेर १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बीमा शुल्क १ अर्ब ४५ करोड ५१ लाख ४८ हजार रुपैयाँ थियो । यस त्रैमाससम्ममा कुल ३४ करोड ८६ लाख ३८ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने १ करोड ४८ लाख ३७ हजार रुपैयाँ छ ।

सो इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा पुँजी ६१ करोड २ लाख रुपैयाँ मात्र थियो । रिजर्भ कोषमा १७.१६ प्रतिशतले सुधार भएर १ अर्ब ११ करोड ९ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ ।

यस्तै, जीवन बिमा कोष पनि ३६.१६ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब १४ करोड ७६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । प्राइम लाइफको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३३ पैसा रहेको छ ।


सम्बन्धित समाचार