२२ मंसिर २०७८, बुधबार

सावित्रा र अनिता भारततिर लागे

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १८:२७


काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिममा खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय लिग खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाली टिमका मुख्य खेलाडी सावित्रा र अनिता भारतको महिला फुटबल लिगमा एउटै क्लब सेतुबाट खेल्नेछन् । त्रिभुवन विमानस्थलमा भारत जानै लाग्दा भेटिएका दुबै खेलाडीले भारतीय लिग खेल्न पाउनु खुशीको कुरा भएको भन्दै आफूहरु निकै उत्साहित रहेको बताए ।

भारतमै केही महिनाअघि सम्पन्न हिरो महिला गोल्डकपमा यी दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।

त्यस्तै, विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा पनि यी दुबै खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । भारतमा महिला फुटबल लिग केही दिनमा सुरु हुँदैछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा