११ मंसिर २०७८, शनिबार
नयाँ रोजगारी

वैदेशिक रोजगार विभागद्धारा १० वटा म्यानपावर कम्पनी खारेज !

प्रकाशित मिति :  १७ बैशाख २०७६, मंगलवार १०:५२


काठमाडौं । वैदेशिक रोजगार विभागद्धारा १० वटा म्यानपावर कम्पनी खारेज भएको छ । विभागको गत फागुन १५ गतेको निर्णयले थप १० वटा म्यानपावर कम्पनी खारेज गरिएको हो।

नियमविपरीत काम गरेको तथा समयमा नविकरण नगराइएकोले खारेज गरिएको विभागका निर्देशक भोलानाथ गुरागाईंले बताए। ‘खारेज भएका म्यानपावर कम्पनी धेरैजसो समयमा नविकरण नगर्ने नै छन्, जसमा सेवाग्राहीहरुलाई अनावश्यक ठगी गर्नेहरु समेत रहेका छन्’, निर्देशक गुरागाईंले भने।

वैदेशिक रोजगारीका नाममा एक देश भनेर अर्को देश पुर्‍याउने, एउटा काममा समझदारी गरेर अर्को काममा खट्याउने, काम र कमाइको प्रलोभनमा मोटो रकम असुल्ने तथा कामदार विदेश नपठाउनेलगायत कार्य गरी कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीहरु पीडितहरुको उजुरीका आधारमा समेत खारेज हुने गरेका छन्।

यसअघि विभिन्न समयमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजीमा परेका थिए। हाल १४ सयभन्दा बढी म्यानपावर कम्पनीहरु विभागमा दर्ता भएका छन्। जसमध्ये ११ सय हाराहारीमा मात्रै म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेको बताइन्छ।

सरकारले वर्षमा १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई समेत खारेज तथा मर्जर गर्ने प्रावधान ल्याएको छ।

खारेजीमा पर्ने कम्पनीहरुकाे सूचीः


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा