१६ मंसिर २०७८, बिहीबार
वाणिज्य बैंक

नेपाल–भारत सीमानामा प्रभु बैंकको आक्रामक उपस्थिती

प्रकाशित मिति :  १७ बैशाख २०७६, मंगलवार ११:५२


prabhu-bank-sarlahi

काठमाडौं । नेपाल-भारत सीमानामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यसहित बैंकले नयाँ काउण्टरहरु सञ्चालनमा ल्याएको जनाएकोछ ।

सर्लाहीको सर्लाही भन्सार, सिराहाको माडर भन्सार, रौतहटको गौर भन्सार, सप्तरीको राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित जटही छोटी भन्सार कार्यालयमा उक्त एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको हिसबाकिताब अmझ पारदर्शि हुनुका साथै स्तरोन्नती हुने अनुमान गरिएकोछ ।

साथै, उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेआशा बैंकले लिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा