केएनपी महिला भलिबलको उपाधि एपीएफलाई
इन्द्र रिजाल
बैशाख १७, २०७६ बुधबार १:३२:३८
काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५-१४,२५-९ र २५-१५ को सेटमा जित निकाल्यो । योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि जित्न सफल भएको छ ।
यस बर्ष एपीएफको यो दोस्रो उपाधि समेत हो । एपीएफले यसै महिना नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि जितेको थियो । उपाधिसंगै एपीएफले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाखमा चित्त बुझायो ।
प्रतियोगितामा होङ्गवान्जी न्यु डायमण्डले तेस्रो स्थान हात पार्यो । नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेस्रो स्थान हासिल गरेको हो ।
न्यु डायमण्डले पुलिसमाथि २५-२२,२५-१८ र २५-२२ को सेटमा जित निकाल्यो । प्रतियोगितामा तेस्रो भएसंगै न्यु डायमण्डले ५० हजार प्राप्त गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता शुरु
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार