१३ माघ २०७८, बिहीबार

आईपीएल : वर्षा कारण रोयल च्यालेन्जर्स र राजस्थानबीचको खेल रद्द

प्रकाशित मिति :  १८ बैशाख २०७६, बुधबार ०९:०९


एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीचको खेल रद्द भएको छ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा मंगलबार राति वर्षाले खेल प्रभावित गरेपछि बैंगलोर र राजस्थानबीचको खेल नतिजाविहीन बनेको हो ।

वर्षाको कारण ५ ओभरमा घटाईएको खेलमा बैंगलोरले दिएको ६३ रनको लक्ष्यसहित राजस्थानले ब्याटिङ गरिरहदा पुन पानी परेपछि खेल रद्द भएको हो ।

वर्षाले खेल रोकिनुअघि राजस्थानले ३ ओभर २ बलमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले २८ रन बनाएका थिए । यस्तै लियाम लिभिङस्टोन ११ रनमा अविजित रहेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन जोडेको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले १० रन जोडे ।

बैंगलोरविरुद्ध राजस्थानका श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । श्रेयसले पहिलो ओभरको चौंथो बलमा कोहली, पाँचौमा भिलियर्स र अन्तिम बलमा मार्कुस स्टोनिसलाई आउट गर्दै ह्याट्रिक विकेट पुरा गरेका थिए ।

यस्तै ओशाने थोमसले २ विकेट लिए । राजस्थानसंगको खेल रद्द भएसंगै बैंगलोर प्रतियोगिताबाट बाहिरिएको छ । बैंगलोर यस सिजनको आईपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ । पुछारको बैंगलोरको १३ खेलबाट ९ अंक रहेको छ ।

राजस्थानको भने प्ले अफ सम्भावना कायम रहेको छ । राजस्थानले १३ खेलबाट ११ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा