१२ मंसिर २०७८, आईतवार

दाङमा नेकपा नेता सवार कार दुर्घटना : चार जना घाइते

प्रकाशित मिति :  १८ बैशाख २०७६, बुधबार १३:३६


दाङ । दाङमा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन्।घाइते नेताहरूमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङले त्यसमध्ये बुढाथोकी र शर्मालाई अरुभन्दा बढी चोट पटक लागेको जानकारी दिएको छ।बुढाथोकी र शर्मालाई मात्रै थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगेर उपचार थालिएको छ।

शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट रहेको प्रहरीले बताएको छ। तर घाइते सबै खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ। मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका नेता दुर्घटनामा परेका हुन्।

मुख्यमन्त्री सवार गाडी अगाडि अगाडि थियो भने दुर्घटनामा परेका नेता त्यसको केही पछाडि थिए। नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ।

नेताहरू सवार कार पश्चिमबाट पूर्वतर्फ जाँदै थियो भने ट्रक पूर्वबाट पश्चिमतर्फ आउँदै थियो। दुर्घटना बुधबार बिहान अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ देउराली भन्ने स्थानमा भएको थियो।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा