८ माघ २०७८, शनिबार

सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष इतिहासकै तीव्र आर्थिक बृद्धि !

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार १७:०१


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक बृद्धि हुने बताएकी छिन् ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले यो वर्ष सम्बृद्धिका आधार तयार भएको जनाउँदै आगमी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक बृद्धि हुने बताएकी हुन्।

उनले स्थानीय तह र प्रदेशवीच समन्वयलाई प्रभाबकारी बनाइने योजना रहेको बताइन्। ‘प्रदेश र स्थानीय तहबीचको बिशिष्ट आधार पहिचान गरी विकास गर्ने छ,’ राष्ट्रपतिको सम्बोधनमा उल्लेख गरिएको छ।

राष्ट्रपति भण्डारीले भूकम्पपछि बन्द भएको तातोपानी र सुख्खा बन्दरगाह यसैवर्षदेखि सञ्चालनमा आउने निश्चित भएको बताइन्। उनले आठ हजार विपन्न परिवारलाई आवास प्रदान गरिएको बताइन्।

४५७ स्थानीय तहमा एक प्राबिधिक विद्यालय स्थापना भइसकेको बताइन्। उनले प्रमुख खाद्यान्नको उत्पादनमा १० प्रतिशत र पर्यटन क्षेत्रमा ३३ प्रतिशतले बृद्धि भएको जनाएकी छिन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा