साताको शेयर बजार : चार अर्बको कारोवार
इन्द्र रिजाल
बैशाख २१, २०७६ आइतबार ४:३३:३२
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम रु चार अर्बमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर रु चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा खरीद बिक्री भए ।
अघिल्लो साता लगातार उकालो लागेको बजार यस साता भने ओरालो लाग्यो । छोटो समयमा नाफा कमाउने होडका कारण बजार तरल बन्न पुगेको जानकारहरुले टिप्पणी गरेका छन् । विशेषगरी बैंक, बीमा तथा उत्पादनमूलक क्षेत्रका कम्पनीको शेयरमा भने तीव्र उतारचढाव साताभर नै देखिएको छ ।
साताको पहिलो दिन वैशाख १५ गते आइतबार शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भयो । कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुग्यो । उक्त दिन प्रतिशतका आधारमा बजार १.७३ प्रतिशतले वृद्धि भयो ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुग्यो । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए ।
यस्तै सोमबार भने बजार थामियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा झर्यो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ विन्दुमा सीमित भयो । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सो दिन अर्बमाथि नै रह्यो । कूल १७४ कम्पनीका ३० लाख १६ हजार ४८० कित्ता शेयर रु एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ मूल्यमा खरीद बिक्री भए ।
यस्तै साताको तेस्रो दिन मङ्गलबार बजार ओरालो लागेर एक हजार २०० को विन्दुमा भर्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ११।७० विन्दुले घटेर एक हजार २९८।६० विन्दुमा आइपुग्यो ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ विन्दुले घटेर २७९.१० मा पुग्यो । कारोवार रकम पनि अघिल्ला दुई दिनको तुलनामा घट्यो । अर्बमाथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ । कूल १७६ कम्पनीका २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए ।
बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । बिहीबार भने बजार ओरालो लाग्नेक्रम जारी रह्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक ४।२१ विन्दुले घटेर एक हजार २९४.३९ विन्दुमा ओर्लियो ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ विन्दुले घटेर २७७.८२ विन्दुमा सीमित भयो । सो दिन कूल १७० कम्पनीका १८ लाख तीन हजार २६ कित्ता शेयर रु ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरीद बिक्री भए ।
यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयरसमेत सूचीकृत भए त्यसमा समिट लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता शेयर लाभांश, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका १२ लाख ५७ हजार ७७७ कित्ता शेयर लाभांश, तिनाउ विकास बैंकका ६ लाख आठ हजार ३२१ कित्ता शेयर लाभांश र पाँचथर पावर कम्पनीका ९६ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार