हाम्रो भजन र रत्यौली खै ?
इन्द्र रिजाल
बैशाख २२, २०७६ आइतबार १७:३:३०
गलेश्वर । धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् ।
प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् ।
बेनी नगरपालिका–२ का ८४ वर्षीय बेदप्रसाद शर्माले भन्नुभयो, “केही वर्षअघिसम्म हरेक विवाह, ब्रतबन्ध, चाडपर्व र उत्सवमा भजन, चुट्का, बालन गाउने, सङ्गिनी नाचलगायतका कलाको रमझम हुन्थ्यो । तर आजभोलि धेरैजसो धार्मिक उत्सव तथा समारोहमा मौलिक संस्कृति पस्किनुको साटो आधुनिक गीत, सङ्गीत र नृत्यको प्रस्तुति गरिन्छ । जसले गर्दा नेपाली मौलिकता र जीवन संस्कृति नै लोप हुँदै गएको छ ।”
आधुनिकताका नाममा भित्रिएका पश्चिमा संस्कृतिको प्रभावले हाम्रो देशका मौलिक कला संस्कृति नै छायाँमा पर्ने मात्र होइन, लोप नै हुने स्थितिमा पुगेका स्थानीय वयोवृद्धले बताएका छन् । भजनकीर्तनमा पौराणिक कथाका पात्रको महिमा तथा चरित्रलाई वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ । पहिलेको समयमा मनोरञ्जनका माध्यम बनेका हाम्रो मौलिकतालाई बोकेका यस्ता भजनकीर्तनको रौनकताले मनमा शान्ति र आनन्द मिल्ने पुरानो पुस्ताको अनुभव छ । धार्मिक तथा सामाजिक परिवेशसँग जोडिएका यी संस्कृतिप्रति नयाँपुस्ता परिचित नहुँदा लोप हुने अवस्थामा पुगेका खबराका भद्रबहादुर कार्कीले बताए ।
दुलाहाकी आमा र दिदीबहिनीलाई प्रतिकात्मकरूपमा व्यङ्ग्यको पात्र बनाएर महिला पुरुषको भेष बनाई गाइने रत्यौलीको ठाउँमा हिजोआज हिन्दी र नेपाली चलचित्रका गीत गाइन थालेको छ ।
यसरी परम्परागत संस्कृति र जीवनशैलीमाथि बेवास्ता गर्दा आउँदो पुस्ता नेपाली मौलिकता र सांस्कृतिक तथा परम्परागत जीवन पद्धतिसँग बेखबर रहनुपर्ने अवस्था आउने हो कि भन्नेमा सरोकारवाला चिन्तित छन् ।
सुरक्षा निगरानीका लागि राखिएका सिसी क्यामरा बिग्रिए
म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षा निगरानीका लागि राखिएका सिसी क्यामरा बिग्रिएका छन् । बजारको सुरक्षाका लागि डेढ वर्षअघि विभिन्न ठाउँमा गरी १६ सिसी क्यामरा जडान गरिएकामा अहिले तीन क्यामराले बाहेक अन्यले काम नगरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
अहिले वीरेन्द्रचोक, बालमन्दिरचोक र बेनी नगरपालिका अगाडिको चोकका तीन क्यामरा मात्र सञ्चालनमा छन् । सङ्गमचोक, हुलाकचोक, न्यूरोड–१, न्यूरोड–२, क्याम्पसचोक माथि, क्याम्पसचोक तल, शिक्षामार्ग, पिपलचोक, कालीपुल बसपार्क–१, बसपार्क–२, मङ्गलघाट तल्लो, मङ्गलघाट माथिल्लो र बैंकरोडको सिसी क्यामराले अहिले काम नगरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार