१३ माघ २०७८, बिहीबार
विदेश

फानी आँधीबाट दश हजार मानिसको मृत्यु, १ हजार भन्दा धेरै घर ध्वस्त !

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार ०७:२९


hatkadi

एजेन्सी । भारतको ओडिशा राज्यबाट सरेर बाङ्ग्लादेश पुगुञ्जेल फानी ‘फणी’ नामक समुन्द्री आँधीले ध्वंस मच्चाएको छ। फानी नामकआँधीबाट बाङ्ग्लादेशमा एक हजारभन्दा धेरै घरहरू ध्वस्त भएका छन् तथा गाउँहरू जलमग्न भएका छन्।

तिव्र गतिमा आएको आँधीका कारण झन्डै दश लाख मानिसलाई सुरक्षित स्थलमा सारिएको भन्दै बाङ्ग्लादेश जल तथा मौसम विभागका निर्देशकले ठूलो विपद्को त्रास भने लगभग सकिएको बताएको छ।

भारतमा भने क्षति कम गर्न गरिएको स्थान्तान्तरणलाई सफल भएको मानिएको छ। आँधीले शक्ति गुमाउँदै गर्दा त्यसलाई अब केवल न्युन चाप वा डिप्रेसन मात्र भन्न थालिएको छ। तापनि त्यसले तटीय क्षेत्रका दर्जनौँ गाउँहरूलाई डुबानमा पारिदिएको छ।

प्रतिघण्टा ७० किलोमिटर वेगसम्मका हुरी चलेको बताइएको छ। नवखली जिल्लामा केही घरहरू ध्वस्त भएको र ३० जना घाइते भएका छन् भने दुई बालबालिका मारिएका छन्।

भारतमा पनि सो आँधीको प्रहारबाट जोगाउन दश लाखभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको थियो। शुक्रवार भारतको तटमा प्रहार गरेको उक्त आँधीका कारण त्यहाँ कम्तीमा १६ जनाले ज्यान गुमाएका छन्। तर अधिकारीहरूले पूर्व सावधानी नअपनाइएको भए मानवीय क्षति त्योभन्दा निकै धेरै हुनसक्ने बताएका छन्।

सन १९९९ मा आएको एक शक्तिशाली आँधीले ओडिशामा ३० घण्टासम्म प्रभाव पारेको थियो र दश हजार मानिसको ज्यान लिएको थियो।

सन् १९९९ यता भारतमा पूर्व सावधानीका प्रणाली निकै सुधारिएका छन्। अधिकारीहरूलाई समयमै मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने समय मिलेको छ।

ओडिशा राज्यका मुख्यमन्त्रीका अनुसार मानव इतिहासमै मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको यो एउटा राम्रो उदाहरण हो। ओडिशा प्रहरीका महानिरीक्षक अरुण बोथ्रोले मानिसहरूलाई सुरक्षित तुल्याउन भएका प्रयासको प्रशंसा गरे।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा