३१ भाद्र २०७८, बिहीबार

लागुऔषधसहित झापामा ३ जना पक्राउ

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १२:३१


झापा । झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलबार लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेटबाट प्रहरीले मंगलबार लागुऔषधसहित भद्रपुर नगरपालिका-३ बस्ने वर्ष-२९ का दलबहादुर लिम्बुलाई पक्राउ गरेको हो।

लिम्बुलाई दिउँसो ३ बजे नाइट्रोजन चक्की-१० एम्पुल र स्पास्मोप्रोक्सिभन ट्याब्लेट-८० चक्कीसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यसैगरी, शिवसत्ताक्षी नगरपालिका-१० बाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित मोरङ केराबारी गाउँपालिका-९ बस्ने वर्ष २० का रुबिन थापा र वर्ष १८ का अरुण लिम्बुलाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले साँझ पौने ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को३७प ७९९१ नम्बरको मोटररसाइकलमा चेकजाँच गर्ने क्रममा सिटमुनी लुकाई-छिपाई राखेको १ ग्राम खैरो हेरोइन बरामद गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भइरहेको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा