सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १९:५४:२९
काठमाडौं । पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ ।
कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ ।
इलामको गोदकदेखि पाँचथरेको फिदिम खण्डको प्रसारण लाइन मङ्गलबार साँझ ५:२० बजेबाट सञ्चालनमा आएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए ।
“शनिबारदेखि हामीले परीक्षण प्रसारण शुरु गरेका थियौं, गोदक–फिदिम खण्ड मङ्गलबार साँझ ५.२० मा र दमक– लखनपुर,झापा– फिदिम खण्ड साँझ ६.१० बजे चार्ज गर्न सफल भएका छौं”, उनले भने। इलामको सोयाकबाट एउटा लाइन गोदक र अर्को लाइन लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सवस्टेसनमा जोडिएको ।
कूल ४२.८८ किलोमिटर लम्बाइ भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ टावर रहेका छन् । फिदिम–अमरपुर ‘पाँचथर’ तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । सो प्रसारण लाइन सञ्चालनमा आएपछि निजी क्षेत्रका ऊर्जा उद्यमीलाई त्यसले सबैभन्दा बढी फाइदा पुग्नेछ ।
झापाको लखनपुरबाट शुरु भएको कूल ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।
आयोजनाले निर्माण गर्नुपर्ने कूल २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटा टावर मात्रै काम बाँकी छ । सो टावरको कामसमेत एकाध दिनभित्रै सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ ।
लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारणलाइन २०७२ को असोजदेखि सञ्चालनमा आइसकेको छ । सोही खण्डमा सानीमा माई जस्ता आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ ।
आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार ‘फिदिम’ र अमरपुरमा १३२÷३३÷११ केभी सवस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
प्रसारण लाइनको बाटोमापर्ने जग्गाको सतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, मार्ग परिवर्तन गर्नुलगायतका माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयवासीले प्रसारणलाइन निर्माणमा अवरोध गरेका थिए ।
समस्या समाधानका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गतवर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरेका थिए । कार्यकारी निर्देशक घिसिङले स्थानीयवासीसँग छलफल गरेपछि समस्या समाधान गर्न तयार भए । अवरोध समेत हट्यो ।
काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् ।
हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । दुवै आयोजनाबाट उत्पादित विद्युत् थापाटार सवस्टेसनमा जोडिने छन् । काबेली करिडोर प्रसारणलाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो ।
ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको थियो ।
कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ‘इपान’ले प्रसारणलाइन सम्पन्न हुनु आफूहरुका लागि पनि खुशीको विषय भएको बताएको छ ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले काबेली करिडोर जस्तै अन्य करिडोरको प्रसारणलाइन समेत समयमै सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण लाग्नुपर्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
बागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार