हिमाली गाउँपालिका : घरघरमा बिजुली र पानी
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार १९:५५:१०
बाजुरा । जिल्लाको हिमाली गाउँपालिकाले आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य लिएको छ ।
“गाउँपालिकाभित्र बसोबास गर्ने सबैको घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य छ”, गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भने, “बिजुली, सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन हुन्छ ।”
जिल्लाका नौ वटा स्थानीय तहमध्ये हिमाली गाउँपालिका सर्वाधिक विकट मानिन्छ । बिजुली र सडक सञ्जालसंग नजोडिएको हिमाली गाउँपालिकाले आफ्नो कूल बजेटको आधाभन्दा बढी बिजुली, सडक र खानेपानीमा खर्च गर्ने जनाएको छ ।
कवाडी खोलाबाट बिजुली निकाल्ने गरी सम्झौता भइसकेकाले अँध्यारो गाउँपालिकाबाट मुक्त हुने दिन धेरै टाढा नरहेको अध्यक्ष मल्लको भनाइ छ ।
यसअघि आएका बिजुलीका पोल, तारसहितको सबै सामग्री सङ्कलन गरिसकिएको र हिमाली गाउँपालिका बाँधु क्षेत्रका लागि २४ लाख बजेट खर्च गरेर जगन्नाथबाट विद्युत् लिने सम्झौता गरिएको पत्रकार सम्मेलनमार्फत अध्यक्ष मल्लले जानकारी दिए ।
कर्णाली करिडोर जोडिए पनि हालसम्म वडा कार्यालय सडक जोड्ने कार्य शुरु गरिएको छैन । यसै आर्थिक वर्षबाट प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक निर्माण कार्य शुरु गरिने योजना गाउँपालिकाको छ ।
हाल ८० प्रतिशतले शुद्ध खानेपानी पीउने गरेको भए पनि पानी बोक्नुपर्ने बाध्यतालाई हटाउन घरघरमा धारा जडान कार्यलाई अघि बढाउने गाउँपालिकाले निर्णय गरेको छ ।
राज्यको नजर नपुगेको र जिल्लाबाट पनि बेवास्ता गरिएकाले विकासमा सबैको सहयोग आवश्यक रहेको गाउँपालिकाको भनाइ छ । योजनाअनुसार बजेट नहुने हुँदा समस्या भएको र भौगोलिक कठिनाइले निर्माणका काम गर्न समस्या भएको गाउँपालिकाको भनाइ छ ।
यस्तै आगामी दिनमा गाउँपालिकाले आँैठा छाप गर्नेलाई सुविधाबाट वञ्चित गराउने निर्णय गरेको अध्यक्ष मल्लले बताए । सबै नागरिक ‘साक्षर हुन् र आफ्नो नाम आफँै लख्न सकून्’ भन्ने मान्यता गाउँपालिकाले लिएको छ ।
त्यसका लागि गाउँगाउँमा साक्षरता कक्षा सञ्चालन गरेको छ । हिमाली गाउँपालिकामा अझै एक हजार ६०० भन्दा बढी नागरिक निरक्षर रहेको छ ।
निरक्षरमध्ये पनि अधिकांश महिला रहेका छन् । जिल्ला समन्वय समितिले भने असार मसान्तभित्र जिल्लालाई नै साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ । तर हिमाली गाउँपालिकाको तथ्याङ्क हेर्दा त्यो सम्भव नहुने देखिएको छ ।
गाउँपालिकाले पनि अहिले गाउँगाउँमा साक्षर कक्षा सञ्चालन गरिरहेको छ । साक्षरता कक्षा सञ्चालनका लागि ४३ जना सहजकर्तालाई परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
यति गर्दा पनि पढ्न आएनन्, अझै आँैठा छाप गर्छन् भने उनीहरुलाई निर्माणको काममा समेत संलग्न नगराउने निर्णय गाउँपालिकाको छ ।
आगामी आर्थिक वर्षबाट निरक्षरलाई उपभोक्ता समितिमा बस्नदेखि निर्माणका काममा समेत रोक लगाउने निर्णय गाउँपालिकाको छ ।
राज्यले लिएको नीति र युगको आवश्यकतालाई मध्यनजर गरेर यसस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । यस्तै आगामी साउन १ गतेदेखि पूर्णरुपमा मदिरा बन्द गर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
बागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार