३१ भाद्र २०७८, बिहीबार

पार्टीलाई सङ्गठित गर्न जागरण अभियान : नेता थापा

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार ०६:४४


चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान शुरु गरिएको बताएका छन् ।

कांग्रेस इच्छाकामना गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेलामा नेता थापाले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि जागरण अभियान महत्वपूर्ण हुने बताएका हुन् ।

कांग्रेस इच्छाकामना गाउँपालिकाका संयोजक विष्णु कुँवर, काङ्ग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ्, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्, कांग्रेस नेता सावित्री पुडासैनी, हिरा गुरुङ्, रामबहादुर लामालगायतले जागरण अभियानबारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का स्थानीय नेता जीतबहादुर रानासहित १६८ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा