३१ भाद्र २०७८, बिहीबार

साग तयारीका लागी नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार ०७:४८


काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औ संस्करणको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वमा बिहिबार बसेको प्रतियोगिताको तयारी तथा व्यवस्थापन मुल समारोह समितिले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर साग खेल्ने टिम तयार गर्ने निर्णय गरेको हो ।

‘प्रतियोगितामा समावेश खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर नियमित अभ्यास गराउने निर्णय भएको छ ।’ बैठक स्रोतले खेलपाटीसंग भन्यो ।

आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रर्दशनका आधारमा खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिनेछ । बैठकले प्रतियोगिताको मस्कट र लोगो समेत पारित गरेको छ । पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मस्कट र लोगोलाई सार्वजनीक गर्ने सरकारको तयारी छ ।

यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई निमन्त्रणा पठाउने र प्रतियोगिता खेलाउने प्राविधिक कमिटि बनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागि एक सदस्यका अनुसार समारोहको अर्को बैठकमा प्रतियोगितामा गर्नुपर्ने कामको कार्यतालिका बनाउने छ । दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोनजा हुदैछ । सरकारले समेत प्रतियोगितालाई यसै बर्ष सम्पन्न गर्ने प्रतिबद्वता जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा