८ आश्विन २०७८, शुक्रबार

ककरहवा नाका आजदेखि बन्द

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार ११:२८


नाका

रुपन्देही। भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ ।

नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिएका छन् । उनका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन ।
“केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन”, प्रमुख जिल्ला अधिकारी रानाले भने । करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो । भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा निर्वाचन हुँदैछ । भारतको सो जिल्लासँग रुपन्देहीको ककरहवा नाका जोडिएको छ ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द हुने बताइएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा