७ आश्विन २०७८, बिहीबार
तस्करी

प्रहरी मिलाएर खुलेआम जुवा अखडा संचालन

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १२:०२


kauda

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासपछाडि चण्डोलमा खुलेआम जुवा अखडा संचालन हुँदै आएको छ । काठमाडौंका जुवा सञ्चालकहरूमध्ये अग्रपंक्तिमा आउने व्यक्ति हुन् राम लामा र सत्य लामा । राम लामा मकवानपुरका बासिन्दा हुन् ।

चण्डोलका राम लामा भन्ने बित्तिकै जुवा सञ्चालकका रूपमा चिनिन्छन् । विगतमा कांग्रेसका नेतादेखि प्रहरीका उच्च अधिकृतहरूको समेत पूर्ण संरक्षणमा लामाको जुवा अखडा संरक्षित थियो । लामाले महाराजगञ्ज र कमलपोखरी वृत्तका कार्यालय प्रमुखदेखि घुमुवासम्मलाई मिलाएर जुवा सञ्चालन गरेका तथ्यहरू पनि सार्वजनिक भइसकेका छन् ।

केही समय आफ्नो घरमा जुवा नखेलाएका राम लामा र सत्य लामा अहिले खुलेआम जुवा सञ्चालन गरिरहेका छन् । गत मंगलवार राम लामाको घरमा ठूलो जुवा अखडा रातभरि नै चल्यो । उक्त जुवा अखडामा तास नभएर कौडा हान्ने काम भएको र करोडौंको कारोवार समेत भएको जुवामा सहभागी मध्येका एकले जानकारी दिए ।

राम र सत्य दुवैले चण्डोलस्थित प्रहरी प्रभागका असई र वृत्तका घुमुवासमेतलाई मिलाएर उक्त जुवा सञ्चालन गरेको सहभागी मध्येका एकले जानकारी दिए । बिहीवार उक्त जुवा अखडामा ४००३, ४३४३, ४१९० नम्बरका करोडौं पर्ने गाडीहरूसमेत जुवाडे र सञ्चालकहरूले खुलमखुला राखी जुवा सञ्चालन गरेका थिए ।

यो त एक घटनामात्रै हो अहिले राजधानीमा यस्ता ठूला जुवा अखडाहरू खुलेआम सञ्चालन हुँदै आइरहेका छन् ।

नवजनप्रहार साप्ताहिकबाट


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा