८ माघ २०७८, शनिबार

गर्मीसंगै काठमाडौंमा हैजाका बिरामी बढे

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १२:००


काठमाडौं । गर्मी बढेसंगै काठमाडौंलाई हैजाले छोएको छ । टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको किटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा गत बैशाख २२ गते नै हैजा प्रमाणित भएको देखिएको हो ।

अस्पताल र प्रयोगशालाको टीम हैजा प्रमाणित भएका बिरामीको घर गई निरिक्षण गर्दा भने बिरामीको स्थिति सामान्य रहेको देखिएको र परिवारका अन्य सदस्यमा झाडापखाला देखिएको छ । अस्पतालमा घाँटी दुख्ने र कडा रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा