३१ भाद्र २०७८, बिहीबार
बैंकिङ बजार

मुक्तिनाथ विकास बैंकले कमायो ६० करोड २० लाख

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १३:३१


muktinath-bikas-bank-

काठमाडाैँ ।  ग्रामिण स्तरबाट बैङ्किङ सेवा प्रारम्भ गरेको मुक्तिनाथ विकास बैंकले ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी भएको चालु आर्थिक वर्षको नौ महिनामा ६० करोड २० लाख ७५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको खुदा नाफा ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब २९ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत वर्ष यस्को आम्दानी ८८ करोड २८ लाख २८ हजार रुपैयाँ थियो । उत्कृष्ट कार्य बाट आम जनमानसको सेवामा रोजाइको बैङ्क बनेको यस बैंकले ९ महिनामा ४१ अर्ब ८० करोड ४९ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष बैंकले २४ अर्ब ५४ करोड ५७ ६२ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै बैंकले ९ महिनामा ३६ अर्ब ४५ करोड १९ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यस्तो लगानी २१ अर्ब ९९ करोड ३१ लाख २५ हजार रुपैयाँ मात्र थियो ।
बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ १९ पैसा, मूल्य आम्दानी अनुपात १३ दशालव ६७, तरलता अनुपात २२ दशालव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ३३ पैसा रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा