३१ भाद्र २०७८, बिहीबार

अब नेपालमै अमेरिकन स्पोर्ट ब्राण्ड ‘च्याम्पियन’

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १५:०७


काठमाडौं । आरपी ग्रुपले अमेरिकन स्पोर्ट ब्राण्ड च्याम्पियन नेपालमा भित्र्याएको छ । यस ब्राण्डद्वारा उत्पादित स्पोर्ट वेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएको कम्पनीको दाबी छ ।

हाल यस कम्पनीले महिला, पुरुष तथा बालबालिकाका लागि हुडी, सिलिभ, ग्राफिक टिज, ज्याकेट, आउटर, पेन्ट, सर्ट, जुत्ता, ब्याज लगायतका फेसनेबल तथा स्पोर्टस वेयरहरु उत्पादन गर्दै आइरहेको छ ।

अहिलेलाई काठमाडौंको दरबारमार्ग र ललितपुरको कुमारीपाटीमा यसको सोरुम रहने आरपी ग्रुपले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा