८ आश्विन २०७८, शुक्रबार

करोडौं मूल्यको चामल एकै नाकाबाट आयात

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार १५:४०


काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै ५ अर्ब ८ करोड ७० लाख रुपैयाँ मूल्यको चामल भित्रिएको छ ।

गत साउनदेखि हालसम्म ९७ हजार ७ सय ३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

कृषि प्रधान मुलुक भएपनि दैनिक लाखौं मूल्यको चामल नेपाल भित्रिरहेको छ । नेपालगञ्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ । देशमै बाँके, बर्दिया र दाङमा चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन् ।

तर मागअनुसार उत्पादन बढाउन नसक्दा पछिल्लो समय करोडौं मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । भन्सार कार्यालयका अनुसार चामलसँगै आलुको आयात पनि अत्यधिक बढेको पाइएको छ । यो अवधिमा भारतबाट १ अर्ब ९ करोड ४७ लाख बराबरको ५३ हजार २५१ मेट्रिक टन आलु नेपाल भित्रिएको जनाइएको छ ।

नेपालमा छिमेकी मुलुक भारतसँगै चीन, थाइल्याण्ड र बंगलादेशबाट पनि चामल आयत हुने गर्दछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता