८ आश्विन २०७८, शुक्रबार

ऐतिहासिक गीताज्ञान महानुष्ठानमा राष्ट्रपति भण्डारी सहभागी

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार २०:२८


गणतन्त्रलाई थप सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । नेपालकै नमूना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानले सुरु गरेको ऐतिहासिक गीताज्ञान महानुष्ठानमा राष्ट्रपति बिद्यादेवी भण्डारी सहभागी भएकी छिन् ।

काठमाडौंको सीतापाइला चोकमा आयोजना गरिएका ऐतिहासिक गीताज्ञान महानुष्ठान शनिबार राष्टपति भण्डारी सहभागी भएकी हुन् । उक्त गीताज्ञान महानुष्ठानबाट संकलित दातव्ययबाट निर्माणधिन बद्रि नारायण धामको निर्माण अगाडि बढाउने उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ ।

बद्रि नारायणधामसहितको नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार प्रवाह तथा संचालन गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टुवा पु–याउनु अर्को उद्देश्य रहेको पनि आयोजकले जनाएको छ ।

महानुष्ठानको दैनिक कार्यतालिकामा योगसाधाना मण्डव पुजन, श्रीमद्भागवत् तथा गीता पाठपारायण, दाता सम्मान, विशिष्ट व्यक्तिहरुद्धारा शुभेच्छा प्रकटलगायतका लगायतका कार्यक्रम भइरहेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा