६ माघ २०७८, बिहीबार

एशियन लाईफको शेयर भर्न छुट्ला है, आजै अन्तिम दिन

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार १०:३४


काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले गत चैत २५ गतेदेखि ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद भर्नका लागि आज बैशाख । एसियनको यस हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीको केन्द्रीय कार्यालय, शाखा कार्यालयहरु र सि–आस्वाबाट पनि आवेदन दिन पाइनेछ । एशियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गरेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोडभन्दा बढी हुनेछ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एशियनले २ करोड ८९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा कायम गरेकोछ ।

asian-life


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा