८ माघ २०७८, शनिबार

स्मार्ट लाईसेन्स नेपालमै छापिने,प्रिन्टर छापिनै दुई महिना लाग्ने,बाड्ने कहिले ?

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार २०:२४


काठमाडौं । स्मार्ट चालक अनुमतिपत्रका लागि फारम भरेर पनि नपाउनेको सङ्ख्या दिनदिनै बढिरहदा सरकारले दुई महिनाभित्रमा ‘मास प्रिन्टर’ खरिद गरिसक्ने भएको छ ।

‘मास पिन्टर’ खरिदका लागि ठेक्का आह्वान भइसकेकाले दुई महिनाभित्रमा आइसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले खरिद प्रक्रियामा गइसकेकाले अब सेवाग्राहीले चालक अनुमतिपत्रका लागि लामो समय कुर्न नपर्ने बताए। उनले भने, “अबको केही महिनापछि नै सेवाग्राहीले फारम भरेको एकदुई हप्तामा नै चालक अनुमतिपत्र पाउनेछन् ।”

कार्यालयमा अहिले झण्डै छ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका क्रममा रहेका महानिर्देशक दाहालले बताए । उनका अनुसार छ महिना पहिले फारम भरेका सेवाग्राहीले अहिले चालक अनुमतिपत्र पाउन बाँकी रहेको छ । उनले भने, “मास प्रिन्टरले काम गर्न थालेसँगै यो अवधि कम हुँदै जानेछ ।”

देशभर रहेका यातायात व्यवस्था कार्यालय प्रदेशमा हस्तान्तरण भइरहेपनि विभागले नै ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्दै आएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा