८ आश्विन २०७८, शुक्रबार
समाज

आज देशका पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना !

काठमाडौंको मौसम बद्ली

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार ०९:३५


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो पहाडी भेगमा सोमबार मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

मौसम विभागका अनुसार आशिंकदेखि सामान्यसम्म बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाका कारण पूर्वका धेरैजसो ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली भेगमा हल्का हिमपातको सम्भावना भएको मौसमविद् रिमालले बताए ।

अबको १र२ दिन देशभरको मौसम यस्तै नै रहने उनले बताए । तर ठुलो पानी पर्ने वा लगातार बदली हुने सम्भावना भने छैन । अहिले काठमाडौंको मौसम बद्ली भएको छ । काठमाडौको दिउँसोको मौसम एकछिन खुल्दै फेरि एक छिन बदली हुने सम्भावना रहेको छ ।

यसैबीच आइतबारदेखी देशको पहाडी भेगको तापक्रम घटेर केही सितल महसुस गरिए पनि तराईका क्षेत्रमा चलेको तातो हावाका कारण त्यहाँको जनजीवन भने प्रभावित बनेको छ ।

महोत्तरी, धनुषा, सर्लाही, सिरहा लगायत तराईक्षेत्रमा दिउँसोको समयमा चर्को घाम लाग्नुका साथै तातो हावा चलेकाले दैनिक कामधन्दामा समस्या भएको हो । तातो हावाले हरियो तरकारी बालि सुक्न थालेका स्थानीयले बताएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा