आजबाट शताब्दी टेके शताब्दी पुरुष सत्यमोहन जोशीले
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १५:२८:११
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सोमबार आज दिउँसोबाट १०० वर्षमा प्रवेश गर्दैछन् । यसै अवसरमा ललितपुर महानगरपालिकाले उनको सम्मानस्वरुप सार्वजनिक बिदाको घोषणा गरेको छ ।
संस्कृतिविद जोशीको सम्मानस्वरुप स्थानीय सरकारको अधिकार प्रयोग गरेर आफू मातहतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले बिदा दिएकाले महानगरपालिकाअन्तर्गतका सबै कार्यालय सोमबार बन्द हुनेछन् ।
महानगरपालिकाले जोशीको सम्मानमा विभिन्न कार्यक्रमसमेत गर्दैछ । महानगरपालिकाका अनुसार सोमबार बिहान मंगलबजारबाट बाजागाजासहित नगर परिक्रमा गराइ पुल्चोकमा विशेष कार्यक्रम गर्ने तय भएको छ ।
रक्तदान तथा दीपावली कार्यक्रम राखेको महानगरपालिकाले आजै महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ । जोशीको जन्म शताब्धी विभिन्न कार्यक्रम गरेर वर्षभरि नै मनाउने निर्णय महानगरले गरेको छ ।
महानगरपालिकाका अनुसार सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्वीर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्नेलगायतका कार्यक्रम तय भएको छ ।
जोशीलाई गोसाइकुण्ड दर्शन गराउने तथा उनको विशेष स्मारिका पुस्तक प्रकाशन गर्ने योजना पनि महानगरपालिकाले बनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती
बैशाख ३१, २०८१ सोमबार
बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र
बैशाख ३१, २०८१ सोमबार